लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-04
  • 12:57:08
  • बिहिबार,जेठ २१, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.  ८ हजार भन्दा अग्ला हिमालहरुको पूर्वदेखि पश्चिम क्रम मिलाउनुहोस् ।
    A.कञ्चनजंघा, मकालु, ल्होत्से, सगरमाथा, मनास्लु, अन्नपुर्ण
    B.कञ्चनजंघा, मकालु, ल्होत्से, सगरमाथा, अन्नपुर्ण, मनास्लु
    C.कञ्चनजंघा, मकालु, सगरमाथा, ल्होत्से, मनास्लु, अन्नपुर्ण
    D.कञ्चनजंघा, मकालु, ल्होत्से, मनास्लु, सगरमाथा, अन्नपुर्ण

    2. लिच्छवी आकाशका पूर्णचन्द्र भनेर कुन राजालाई चिनिन्छ ?
    A. नरेन्द्र देव                    B.मानदेव                    C.अंशुवर्मा               D. गुणकामदेव

    3. जिल्ला अदालतलाई अधिकार भएको रिट कुन हो ?
    A. परमादेश                    B. उत्प्रेषण                   C. अधिकारपृक्षा       D. बन्दीप्रत्यक्षीकरण

    4.नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ?
    A.सन् २०२५ नोभेम्बर १०                      B.सन् २०२५ नोभेम्बर ०५
    C.सन् २०२५ नोभेम्बर १५                      D.सन् २०२५ नोभेम्बर १७

    5.निम्न देशहरु बारेमा विचार गर्नुहोस् र नेपाल सँग दौत्य सम्बन्ध कायम गरेको मितिको आधारमा सही क्रम मिलाउनुहोस् ।
    1. ईजिप्ट                2. जर्मनी              3. ईजरायल                4. पोल्याण्ड               5. अर्जेन्टिना
    A) 12345                        B) 21435                    C) 12435                D) 12543

    6.राष्ट्रिय जनगणना,२०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
    क) ६० वर्षभन्दा माथि उमेर समूह जनसंख्या १०.२१ प्रतिशत रहेको ।
    ख) सबैभन्दा कम जनसंख्या भएको नगरपालिका ठुलीभेरी नगरपालिका हो ।
    ग) सबैभन्दा कम जनसंख्या वृद्धिदर रहेको नगरपालिका कञ्चन नगरपालिका हो ।
    घ) कुनै न कुनै प्रकारका अपांगता भएका व्यक्ति ४.४ प्रतिशत रहेका छन् ।
    A. क र ख बेठिक             B. ख र घ बेठिक           C. ग र घ बेठिक         D. सबै बेठिक

    7. असहयोग आन्दोलनको क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए ?
    A. सन् १९२१ मार्च १०                       B. सन् १९२३ मार्च १०
    C. सन् १९२२ मार्च १०                       D. सन् १९२४ मार्च १०

    8. नेपालमा सर्वप्रथम संविधान सभाको निर्वाचन कहिले सम्पन्न भएको हो ?
    A. वि.स २०६४ चैत्र २८                      B. वि.स २०६४ माघ २९
    C. वि.स २०६४ फागुन २८                  D. वि.स २०६४ मंसिर २८

    9.राष्ट्रिय जनगणना २०७८ अनुसार कम जनसंख्या भएका जातिको क्रम मिलाउनुहोस् ।
    A.नुराङ, वनकरीया, सुरेल, कुसुण्डा, कोचे, बालुङ
    B.नुराङ, वनकरीया, कुसुण्डा, सुरेल, ल्होमी, बालुङ
    C.नुराङ, वनकरीया, कुसुण्डा, ल्होमी, सुरेल, बालुङ
    D.नुराङ, वनकरीया, कुसुण्डा, सुरेल, बालुङ, राउटे

    10. तल दिइएका जोडाहरु विचार गर्नुहोस् ।
    संस्थाहरु                  स्थापना
    1. IBRD -सन् १९४५ डिसेम्बर २७
    2. IFC – सन् १९५६ जुलाई २०
    3. IDA – सन् १९६० डिसेम्बर २४
    4. MIGA – सन् १९६६ अक्टोबर १४
    माथि दिइएका जोडामा कुन गलत छ ।
    A. १ मात्र                         B. २ मात्र                     C. ३ मात्र                          D.४ मात्र

    11.विश्व सिमसार दिवस कहिले मनाईन्छ ?
    A. फेबु्रअरी ३                 B. फेबु्रअरी २          C. फेबु्रअरी १३             D.फेबु्रअरी २०

    12.भारत र युरोपेली (EU)बीच व्यापार सम्झौता कहिले भएको हो ?
    A.जनवरी २७,२०२६         B. जनवरी २५,२०२६             C. जनवरी २२,२०२६       D.फेब्रुअरी १,२०२६

    13.नेपालमा राहदानी प्रथाको सुरुवात कसले गरेका हुन ?
    a.वीरशमशेर                    B. चन्द्रशमशेर              C. भीमशमशेर            D. खडगशमशेर

    14.स्केन्डिनेभियन क्षेत्रमा पर्ने मुलुक तलका मध्ये कुन कुन हुन ?
    A. स्विडेन, फिनल्याण्ड, डेनमार्क, रुस र आईसल्याण्ड
    B. जर्मनी, फिनल्याण्ड, डेनमार्क, नर्वे र आईसल्याण्ड
    C. स्विडेन, फिनल्याण्ड, डेनमार्क, नर्वे र आईसल्याण्ड
    D. स्विडेन, फिनल्याण्ड, डेनमार्क, नर्वे र चेकोस्लाभाकिया

    15.सुर्य केन्द्रित सिद्धान्त (Heliocentric Therapy) का प्रतिपादक को हुन ?
    A.चाल्र्स डार्विन              B. ग्रेगर मेण्डल                C. जुल                        D. निकोलस कोपर्निकस

    16. दिगो विकास लक्ष्य बमोजिम नेपालको प्रतिव्यक्ति आय २०३० सम्म कति पु¥याउने लक्ष्य लिएको छ ?
    A. ३५०० डलर             B. ४००० डलर                  C. ३००० डलर                D. २५०० डलर

    17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    आविष्कार                       आविष्कारक
    a.त्रेस्कोग्राफ                    1. एल हविटने
    b.सिनेमास्कोप                2. हेनरी च्रेटीन
    c.कटन जीन                    3. रुडोल्फ डिजल
    d.डिजल ईन्जिन              4. जगदिशचन्द्र
    A, a1,b2,c3,d4            B) a4,b2,c1,d3                C) a2,b1,c4,d3             D) a4,b3,c1,d2

    18.BIMSTEC कुन शिखर सम्मेलन नेपालमा आयोजना गरिएको थियो ?
    A. पहिलो                        B. तेस्रो                             C. चौथो                         D. पाँचौ

    19. युरोपमा भएको ”Seven year war” कुन कुन देश बिचमा भएको थियो ?
    A. ब्रिटेन र जर्मनी           B. ब्रिटेन र इटली               C. ब्रिटेन र फ्रान्स            D. ब्रिटेन र स्पेन

    20.वि.सं.२०१५ सालको आम निर्वाचनमा देशभर कति निर्वाचन क्षेत्र रहेका थिए ?
    A. १०९                           B. १०१                               C. २०५                         D. २६५

    उत्तरः

    1. A 11. B
    2. A 12. A
    3. B 13. B
    4. C 14. C
    5. C 15. D
    6. C 16. D
    7. C 17. B
    8. A 18. D
    9. B 19. C
    10. D 20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100