प्रधान न्यायाधीश डा.शर्माले भने: ‘न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु’ - Chaitanya News
  • 2026-06-02
  • 13:32:41
  • मंगलबार,जेठ १९, २०८३
  • प्रधान न्यायाधीश डा.शर्माले भने: ‘न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु’

    प्रधान न्यायाधीश डा.शर्माले भने: ‘न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु’

    काठमाडौँ– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन्।

    संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज उनीसँग गरेको भेटमा आज उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन्।

    प्रधान न्यायाधीश डा। शर्माले भने, “आम नागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवम सुशासनसम्बन्धी विषयमा मैले कार्य योजनामा नै राखेको छु। आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउँछु।”

    न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना र कार्य योजनालाई सुधारको मूल आधार बनाउने उनको भनाइ थियो।

    भेटमा मञ्चका अध्यक्ष कालिका खड्का, पूर्व अध्यक्षहरू यम वीरही, लीलाधर उपाध्याय, दुर्गा दुलाललगायतले न्याय निष्पक्ष, सरल, छिटो हुनुपर्ने र आमजनताले न्यायको महसुस हुने गरी न्याय दिनुपर्नेलगायत विषयमा सुझाव दिएका थिए।