आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गरिने - Chaitanya News
  • 2026-06-01
  • 09:39:16
  • सोमबार,जेठ १८, २०८३
  • आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गरिने

    आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गरिने

    काठमाडौँ– आज (सोमबार) पनि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्दैछ ।

    आज बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

    त्यसपछि आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।