काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन्। उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहण गरेको जनाइएको छ।
सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए। ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए। उनले आफ्नो सगरमाथा आरोहणमा सहयोग पुर्याउनुहुने सभामुख डोलप्रसाद अर्यालसहित सबैमा आभार व्यक्त गरेका छन्।