भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फर्काउन भारतसँग कुरा गर्न रविलाई हर्क साम्पाङको आग्रह - Chaitanya News
  • 2026-05-26
  • 17:33:34
  • मंगलबार,जेठ १२, २०८३
  • भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फर्काउन भारतसँग कुरा गर्न रविलाई हर्क साम्पाङको आग्रह

    भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फर्काउन भारतसँग कुरा गर्न रविलाई हर्क साम्पाङको आग्रह

    काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फर्काउन भारतसँग कुरा गर्न आग्रह गरेका छन्।

    रास्वपा सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाँदैछन्।

    त्यसतर्फ लक्ष्य गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले भनेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है।’

    लामिछाने सञ्चारकर्मी रहँदा यस्ता विषयमा कुरा उठाउने गरेको पनि राईले स्मरण गरेका छन्।