काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
आज (सोमबार) नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गदै यस्तो बताएका हुन्।
पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानी जस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे।