जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी - Chaitanya News
  • 2026-05-20
  • 18:34:48
  • बुधबार,जेठ ०६, २०८३
  • जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी

    जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी

    काठमाडौँ– सिंहदरबार परिसरमा निर्माणाधीन प्रतिनिधि सभाको नयाँ सभाहल अन्तिम चरणमा पुगेको छ।

    आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण सोही नयाँ सभा हलबाट गर्ने तयारी भइरहेको जनाइएको छ।

    निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हलभित्र साउण्ड प्रणाली, क्यामरा जडान, कुर्सी व्यवस्थापन तथा प्रकाश जडानजस्ता काम तीव्र रूपमा अघि बढाइएको निर्माण पक्षले जनाएको छ।

    यसअघि पटक(पटक म्याद थप भए पनि निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेकोमा हाल भने बजेट प्रस्तुतिको समय सीमालाई लक्षित गर्दै काम द्रुत गतिमा भइरहेको बताइएको छ।

    नयाँ सभाहल पूर्ण रूपमा तयार नभएकाले हाल प्रतिनिधि सभाको बैठक अस्थायी कक्षबाट सञ्चालन हुँदै आएको छ । निर्माण सम्पन्न भएपछि नियमित संसदीय बैठकहरू पनि सोही नयाँ हलमा सञ्चालन गर्ने तयारी गरिएको छ।