काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन्।
प्रतिनिधि सभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताए। उनले ठगीका विषयमा उजुरी आउनेक्रम जारी रहेको अवगत गराउँदै विद्यमान कानुन र नियमावलीलाई संशोधनतर्फ पनि मन्त्रालयको ध्यान गएको स्पष्ट गरे।