सभामुख अर्यालले दिए श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईसहित सांसदलाई चेतावनी - Chaitanya News
  • 2026-05-20
  • 13:05:49
  • बुधबार,जेठ ०६, २०८३
  • सभामुख अर्यालले दिए श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईसहित सांसदलाई चेतावनी

    सभामुख अर्यालले दिए श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईसहित सांसदलाई चेतावनी

    काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टी अध्यक्ष अध्यक्ष हर्कराज राईसहित सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्।

    संसद्को मर्यादा विपरीत सदनमा प्ले कार्ड देखाएर विरोध गरेपछि आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन्।

    अध्यक्ष राईले जनताको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए।