सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी पदमा बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-05-20
  • 10:21:07
  • बुधबार,जेठ ०६, २०८३
  • सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी पदमा बढुवाका लागि सिफारिस

    सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी पदमा बढुवाका लागि सिफारिस

    काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

    जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

    बढुवा सिफारिससम्बन्धी निर्णय सार्वजनिक भएसँगै यसविरुद्ध चित्त नबुझे कानुनी व्यवस्था अनुसार उजुरी गर्न सकिने व्यवस्था समेत गरिएको छ।

    गृह मन्त्रालयले बढुवा सिफारिस भएको मितिले सात दिनभित्र सम्बन्धित पक्षले उजुरी वा निवेदन दर्ता गर्न सक्ने जनाएको छ।