आजको मौसम: कोशी, बागमती, गण्डकीसहित मधेस प्रदेशमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-20
  • 10:20:12
  • बुधबार,जेठ ०६, २०८३
  • आजको मौसम: कोशी, बागमती, गण्डकीसहित मधेस प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम: कोशी, बागमती, गण्डकीसहित मधेस प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।