प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन - Chaitanya News
  • 2026-07-12
  • 00:10:55
  • शनिबार,आषाढ २७, २०८३
  • प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

    प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौँ– सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि प्रस्तावित डा. मनोज कुमार शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।

    समितिको मंगलबार बसेको बैठकले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। समितिले सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिएको बताइएको छ।

    सुनुवाइ पूरा भएपछि समितिले डा। शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ।