काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस - Chaitanya News
  • 2026-11-20
  • 12:16:45
  • शुक्रबार,मंसिर ०५, २०८३
  • काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस

    काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस

    काठमाडौं- देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ। पश्चिम तथा मध्य तराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    मौसमविद् वरुण पौडेलका अनुसार शनिबार दिउँसो देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। तराईका क्षेत्रहरुमा भने शीतलहर कायमै रहनेछ।

    तत्काल वर्षा र हिमपातको सम्भावना नभएपनि तापक्रममा भने निरन्तर गिरावट आउने पौडेलले बताए। बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ।