काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
ओपनर आसिफ शेख अर्धशतक पूरा गरेर आउट भएका हुन्। आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका थिए। उनले खेलमा ५८ रन लिए।
ओडिआईमा उनको यो १५औं अर्धशतक हो। यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल अहिले ब्याटिङ गरिरहेको छ।