रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद कायमै रहने - Chaitanya News
  • 2026-11-20
  • 12:16:45
  • शुक्रबार,मंसिर ०५, २०८३
  • रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद कायमै रहने

    रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसद पद कायमै रहने

    काठमाडौं-  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल ९सफल० ले प्रतिनिधसभा सदस्य पद खारेज गर्न गर्दै रिट दर्ता गराएका थिए।

    लामिछानेविरुद्ध निर्वाचन आयोगमा पनि उनले उजुरी गरेका थिए । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको थियो ।

    आयोगले यो उजुरी तामेलीमा राखेको छ । उनले निर्वाचित भएको प्रमाणपत्र पाएकासँगै उपप्रधान तथा गृहमन्त्री नियुक्त भइसकेका छन् ।