प्रधानमन्त्रीले बोलाए सिंहदरबारमा मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-06-28
  • 20:30:42
  • आइतबार,आषाढ १४, २०८३
  • प्रधानमन्त्रीले बोलाए सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले बोलाए सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    स्रोतका अनुसार बुधबार(आज) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय गरिएको हो। बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको जनाइएको छ।

    बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव तथा निर्णय कार्यान्वयनको अवस्थामाथि छलफल हुने बताइएको छ।

    बैठकबाट केही नीतिगत तथा प्रशासनिक निर्णयसमेत हुन सक्ने अनुमान गरिएको छ।