सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ नदिने, उनको सट्टा अर्थमन्त्री वाग्लेले दिने - Chaitanya News
  • 2026-05-13
  • 11:59:48
  • बुधबार,बैशाख ३०, २०८३
  • सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ नदिने, उनको सट्टा अर्थमन्त्री वाग्लेले दिने

    सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ नदिने, उनको सट्टा अर्थमन्त्री वाग्लेले दिने

    काठमाडौं– सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन्। उनको सट्टा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने छन्।

    यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो। तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन्।

    प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए।

    त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ।

    हिजोको बैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए।