राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 10:43:59
  • बुधबार,बैशाख ३०, २०८३
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने तय भएको छ । बैठक मध्याह्न सवा १२ बजे बस्दैछ।

    आज बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची तय भएको छ।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आर्थिक वर्ष २०८३–८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    यस्तै, बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।