आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-06-13
  • 00:41:27
  • शुक्रबार,जेठ २९, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?

    आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?

    काठमाडौँ– आज (सोमबार) प्रतिनिधि सभाअन्तर्गत दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ।

    जसअनुसार अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी काम कारबाहीसम्बन्धी छलफल हुनेछ।

    त्यस्तै, बिहान साढे ११ बजे पनि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।