आजको मौसम: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने सम्भावना - Chaitanya News
  • 2026-04-27
  • 10:06:33
  • सोमबार,बैशाख १४, २०८३
  • आजको मौसम: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने सम्भावना

    आजको मौसम: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकार िअनुसार पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ।

    यस्तै महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।