आजको मौसम: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-04-24
  • 10:14:00
  • शुक्रबार,बैशाख ११, २०८३
  • आजको मौसम: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

    आजको मौसम: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ। देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ।

    यस्तै आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ।

    कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ।

    यसैगरी, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ।

    आज राति देशका हिमाली भागमा साधरणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।