मन्त्रिपरिषद्को सिफारिसपछि संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय - Chaitanya News
  • 2026-04-23
  • 21:50:42
  • बिहिबार,बैशाख १०, २०८३
  • मन्त्रिपरिषद्को सिफारिसपछि संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय

    मन्त्रिपरिषद्को सिफारिसपछि संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय

    काठमाडौँ– सरकारले पूर्वनिर्धारित मितिमा बोलाइएको संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिको कार्यालयमार्फत उक्त अधिवेशन अघि नबढाइने व्यवस्था गरिएको हो।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसका आधारमा वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका थिए। तर, त्यसपश्चात् सरकारतर्फबाट पुनः पठाइएको पत्रमा विशेष कारण उल्लेख गर्दै अधिवेशन सञ्चालन नगर्न अनुरोध गरिएको स्रोतले जनाएको छ।

    सरकारको पछिल्लो सिफारिसअनुसार अधिवेशन तत्कालका लागि रोकिएको हो।