एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-04-23
  • 18:33:26
  • बिहिबार,बैशाख १०, २०८३
  • एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने सरकारको निर्णय

    एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र)’ आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले करिब ११५ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता सम्बन्धी सम्झौता तथा सम्बन्धित कागजातलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

    उक्त टोलीले ऋण सम्झौताका शर्त तथा कार्यान्वयनसँग सम्बन्धित प्राविधिक र प्रशासनिक पक्षलाई टुंगो लगाउने जिम्मेवारी पाउनेछ।