आजको मौसम पूर्वानुमान: तीन प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-04-23
  • 12:24:49
  • बिहिबार,बैशाख १०, २०८३
  • आजको मौसम पूर्वानुमान: तीन प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान: तीन प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    यसका प्रभवले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागलगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लागेको महाशाखाले जानकारी दिएको छ।

    यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

    मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना छ।

    आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।