काठमाडौँ– हिजो (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारी गरेको छ । मन्त्रालयले उक्त सुचनामा कर्मचारीहरूलाई शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची मध्ये निजामति कर्मचारीका सन्दर्भ पनि समेटिएको थियो। शासकीय सुधारका कार्यसूचीमा विद्यमान भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती अन्त्य तथा प्रशासनलाई जनमुखी र उदाहरणीय बनाउने लक्ष्यसहित कर्मचारी आचारसंहिता अक्षरशः कार्यान्वयन गर्ने उल्लेख छ। यस्तै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र जिम्मेवार ढंगले सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित हुनुपर्नेमा जोड दिइएको छ।
यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५०, निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली,२०६५ र अन्य प्रचलित कानुन बमोजिम स्वीकृत भएका आचारसंहिताहरू भएमा सो समेतको पूर्ण रूपमा पालना गर्नेरगराउने र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।
![]()