प्रतिनिधि सभा नियमावलीको मस्यौदामा ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची - Chaitanya News
  • 2026-04-21
  • 18:24:52
  • मंगलबार,बैशाख ०८, २०८३
  • प्रतिनिधि सभा नियमावलीको मस्यौदामा ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची

    प्रतिनिधि सभा नियमावलीको मस्यौदामा ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची

    काठमाडौँ– प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले पुरानो नियमावलीमा रहेका भन्दा एउटा दफा कम गरेर मस्यौदा तयार गरेको छ।

    रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको नियमावली मस्यौदा समितिले ३० परिच्छेद २६३ दफा ७ अनुसूचीसहितको नियमावलीको मस्यौदा तयार गरेको हो।

    यसअघिको प्रतिनिधि सभा नियमावली २०७९ मा ३० परिच्छेद २६३ दफा ७ अनुसूची थिए।

    नियमावलीको मस्यौदा मंगलबार दिउँसो ३ बजे सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी समितिले गरेको छ। सभामुखको सचिवालयले नियमावलीको मस्यौदा ३ बजे सभामुख अर्याललाई बुझाउने कार्यक्रम तय भएको जानकारी दिएको छ।

    मस्यौदा समितिका एक सदस्यका अनुसार अहिले समितिका सदस्यहरूले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिइरहेका छन्।

    समितिको बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा बसिरहेको छ।