नेपालमा टर्किस दूतावास खोल्न टर्की सकारात्मक - Chaitanya News
  • 2026-06-04
  • 08:01:45
  • बिहिबार,जेठ २१, २०८३
  • नेपालमा टर्किस दूतावास खोल्न टर्की सकारात्मक

    नेपालमा टर्किस दूतावास खोल्न टर्की सकारात्मक

    काठमाडौं– टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको बताएका छन्।

    नेपालको राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्।

    इस्तानबुलमा भएको भेटमा टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल भएको छ । टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै नुमानले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुल गएका हुन्। भ्रमणका क्रममा द्विपक्षीय भेट भएको हो।

    भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत् दुई देश बीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने बताए। संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरु आतुर सुनाए।