आजको मौसम पूर्वानुमान: कर्णाली र सुदूरपश्चिममा चट्याङसहित हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-04-19
  • 13:24:40
  • आइतबार,बैशाख ०६, २०८३
  • आजको मौसम पूर्वानुमान: कर्णाली र सुदूरपश्चिममा चट्याङसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान: कर्णाली र सुदूरपश्चिममा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ।

    यस्तै आज तराई भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ।

    मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

    देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।