काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले ६ महिना पहिलेदेखि नै फाइल ट्रयाटिङ्ग सिस्टम लागू गरिएको जनाएको छ। आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले २०८२ असोजपछि फोन, म्यासेज र इमेलमार्फत फाइल ट्रयाकिङ्ग गरिएको बताए।
फाइल ट्रयाकिङ्ग सिस्टम डेभलप गरेर ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेल गरेर उजुरकर्तासँग सम्पर्क स्थापित गरिएको बताए। उनले भने, ‘पीडितहरूसँग फलोअपका लागी हामीले फोन, म्यसेज र इमेलमार्फत सम्पर्क गरेका छौँ।’
बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसा जस्ता समस्याको जुरीमा फाइल ट्रयाकिङ्ग सिस्टम विकाश गरिएको भट्टराईले बताए।
त्यस्तै, क्युआर मार्फत गुनासो र सुझाव संकलन गर्न लागिएको उनले जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौँमा ६ महिनामा ८३ हजार ५४० जना सेवाग्राहीले सेवा लिएका छन्। सेवाग्राहीका लागी सहजीकरण गर्न नागरिक सहजकर्ता परिचालन गरिएको भट्टराईले बताए।