उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू - Chaitanya News
  • 2026-04-19
  • 19:23:40
  • आइतबार,बैशाख ०६, २०८३
  • उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू

    उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू

    काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू गरेका छन्।

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा विद्यार्थीहरूले शुक्रबारदेखि ‘भिक्षा देही’ अभियान सुरू गरेका हुन्।

    उच्च शिक्षामा सरकारको लगानी तथा बजेट विनियोजन वृद्धिका लागि सरकारको ध्यानाकर्षणका लागि अभियान सुरू गरेको विद्यार्थीहरूले बताएका छन्।

    सरकारी क्याम्पसहरू र क्याम्पसहरूका पूर्वाधारमा रहेको पछौटेपनको मूल कारक न्युन लगानी र बजेट विनियोजन भएको उनीहरूको भनाइ छ।

    विद्यार्थीहरूका अनुसार राष्ट्रिय शिक्षामा सरकारको बजेट केवल १०–१५ प्रतिशत रहँदै आएको छ। उक्त बजेटको ८–११ प्रतिशतमात्र मात्र उच्च शिक्षामा विनियोजन गरिन्छ ।

    सुदृढ उच्च शिक्षा भएका मुलुकहरूले उच्च शिक्षालाई सुदृढीकरण गर्न शिक्षा बजेटको ५० प्रतिशत विनियोजन गर्ने गरेका छन्।