रास्वपाले तोक्यो मन्त्री र सांसदहरूका लागि लेबी, कसलाई कति ? - Chaitanya News
  • 2026-04-19
  • 19:25:02
  • आइतबार,बैशाख ०६, २०८३
  • रास्वपाले तोक्यो मन्त्री र सांसदहरूका लागि लेबी, कसलाई कति ?

    रास्वपाले तोक्यो मन्त्री र सांसदहरूका लागि लेबी, कसलाई कति ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ।

    आज (बिहीबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

    उनका अनुसार, सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो।

    त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ । अहिले उक्त व्यवस्था मन्त्रीका स्वीकय सचिवका हकमा लागू हुनेछ।

    सांसदहरूले स्वकीय राख्न पाउने व्यवस्था भएको खण्डमा सांसदका स्वकीयका लागि पनि लेबीको व्यवस्था हुने बुर्लाकोटीले बताए।

    सांसदहरूको स्वकीय तोकिएको खण्डमा उनीहरूले पनि पार्टीलाई २ हजार लेबी तिर्नुपर्ने व्यवस्था पारित भएको हो।