पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि हुँदैन - Chaitanya News
  • 2026-04-18
  • 13:08:58
  • शनिबार,बैशाख ०५, २०८३
  • पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि हुँदैन

    पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि हुँदैन

    काठमाडौँ– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्ने बताएका छन्।

    नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन्।

    ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव नभएको बताए।

    बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्त्वपूर्ण हुने उनको भनाई थियो।