सङ्घीय संसद्का दुई संयुक्त संसदीय छानबिन समितिमा राष्ट्रिय सभातर्फका सदस्य मनोनीत - Chaitanya News
  • 2026-04-18
  • 13:08:17
  • शनिबार,बैशाख ०५, २०८३
  • सङ्घीय संसद्का दुई संयुक्त संसदीय छानबिन समितिमा राष्ट्रिय सभातर्फका सदस्य मनोनीत

    सङ्घीय संसद्का दुई संयुक्त संसदीय छानबिन समितिमा राष्ट्रिय सभातर्फका सदस्य मनोनीत

    काठमाडौँ– सङ्घीय संसद्का दुई संयुक्त संसदीय छानबिन समितिमा राष्ट्रिय सभाका तर्फबाट सदस्यहरू मनोनीत भएका छन्।

    सङ्घीय संसद् सचिवालय कार्यव्यवस्था महाशाखा, राष्ट्रिय सभाले सोमबार विज्ञप्ति जारी गर्दै दुई संयुक्त समिति संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा ३–३ सांसदलाई सदस्य मनोनयन गरेको जानकारी दिएको छ।

    उपसचिव अनन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाल तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र डा.अञ्जान शाक्यलाई मनोनीत गरिएको उल्लेख छ।