प्रधानमन्त्रीले शाहले गरे बागमतीका सांसदहरूसँग छलफल - Chaitanya News
  • 2026-04-18
  • 18:12:55
  • शनिबार,बैशाख ०५, २०८३
  • प्रधानमन्त्रीले शाहले गरे बागमतीका सांसदहरूसँग छलफल

    प्रधानमन्त्रीले शाहले गरे बागमतीका सांसदहरूसँग छलफल

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले सोमबार दिउँसो बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।

    प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए।

    अन्य सबै प्रदेशका सांसदहरूसँग उनले यसअघि नै छलफल गरिसकेका छन्। सोमबार भने उनले बागमतीका सांसदहरूसँग छलफल गरेका हुन्।

    उनले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने समाधानका उपाय लगायतबारे छलफल गरिरहेका हुन्।