डोनाल्ड ट्रम्पले भने: युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन - Chaitanya News
  • 2026-07-13
  • 04:25:26
  • आइतबार,आषाढ २८, २०८३
  • डोनाल्ड ट्रम्पले भने: युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन

    डोनाल्ड ट्रम्पले भने: युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन

    काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन्।

    ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरेका छन्।

    इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ। इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे।