दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान - Chaitanya News
  • 2026-07-19
  • 20:10:00
  • आइतबार,साउन ०३, २०८३
  • दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ– प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा (पिएच.डी.)र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    जंगी अड्डामा २०८२ चैत २७ गते आयोजित एक कार्यक्रममा प्रधान सेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उनीहरूलाई उपरथीको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।