संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै - Chaitanya News
  • 2026-06-04
  • 17:36:07
  • बिहिबार,जेठ २१, २०८३
  • संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

    संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

    काठमाडौँ– संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका छन्।

    यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो।

    नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।