शेयर बजार १८ अङ्कले बढ्यो, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-04-30
  • 21:58:45
  • बिहिबार,बैशाख १७, २०८३
  • शेयर बजार १८ अङ्कले बढ्यो, कतिमा हुँदैछ कारोबार?

    शेयर बजार १८ अङ्कले बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– शेयर बजारको उकालो यात्रा आज बिहीवार पनि रोकिएको छैन। शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ।

    आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ। होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ।

    आज कारोबार पनि रकम निकै बढेको छ। दुई सय ५९ वटा कम्पनीका एक करोड २५ लाख ८१ हजार कित्ता शेयर पाँच अर्ब चार करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड र रिडी हाइड्रोको २१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो।

    आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। आज मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ।