काठमाडौं– शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, चैतन्य एकेडेमीले आफ्नो स्थापनाको १२ वर्ष सफलतापूर्वक पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ। यस विशेष अवसरमा एकेडेमीले एक भव्य समारोहको आयोजना गरी संस्थाको प्रगतिमा अहोरात्र खटिने उत्कृष्ट कर्मचारीहरूलाई नगद पुरस्कार तथा सम्मान–पत्रद्वारा पुरस्कृत गरेको छ।
कार्यक्रममा बोल्दै एकेडेमीका संस्थापक तथा कार्यकारी निर्देशक गणेश जोशीले संस्थाको आजसम्मको सफलताको मुख्य श्रेय यहाँ कार्यरत समर्पित कर्मचारी र प्रशिक्षकहरूलाई दिएका छन्। उनले चैतन्यको १२ वर्षको यात्रा चुनौतीपूर्ण रहेता पनि टिमको निस्वार्थ भावना र मेहेनतले गर्दा नै आज यो उचाइ प्राप्त भएको बताए।
![]()
उनले भने, हाम्रो संस्थामा शनिबारको बिदा भन्न पाइँदैन, बिहान ५ बजेदेखि राति १० बजेसम्म कक्षाहरू सञ्चालन हुन्छन्। यस्तो व्यस्त र कडा तालिकामा पनि हाँसोमुख भएर काम गर्न सक्ने जनशक्ति नै हाम्रो मुख्य शक्ति हो। उनले थपे कि धेरै मानिसहरू यस्तो कार्यतालिकामा टिक्न सक्दैनन्, तर जो टिक्छन् र दत्तचित्त भएर लाग्छन्, उनीहरूकै कारण चैतन्य आज ब्रान्ड बन्न सफल भएको हो ।
संस्थाको विकासमा विशेष योगदान पुर्याउने कर्मचारीहरूलाई प्रोत्साहित गर्न नगद राशी र सम्मान–पत्र प्रदान गरिएको थियो। यसरी सम्मान गर्दा कर्मचारीहरूको मनोबल उच्च हुने र उनीहरूमा संस्थाप्रति थप अपनत्वको भावना जागृत हुने विश्वास एकेडेमीले लिएको छ।
सम्मानित कर्मचाीहरुले सम्मान ग्रहण गर्दै भने, “चैतन्य एकेडेमीमा काम गर्दा हामी केवल जागिर होइन, एउटा परिवारको हिस्सा भएको महसुस गर्छौं। यस्तो प्रोत्साहनले कामप्रति उत्साह र संस्थाप्रति अपनत्व बढाउँछ।”
“यस सम्मानले आफुहरुको मेहनतको मूल्याङ्कन भएको महसुस भएको बताए। संस्थाले आफ्नो कामलाई मूल्य दिने मात्र होइन, भविष्यमा अझ मेहनत गर्न प्रेरित पनि गरिरहेको उनिहरुको भनाई थियो ।
विगत १२ वर्षदेखि चैतन्य एकेडेमीले हजारौं विद्यार्थीहरूलाई निजामती सेवाका विभिन्न पदहरूमा सफलतापूर्वक प्रवेश गराउन मार्गदर्शकको भूमिका खेलेको छ। गुणस्तरीय शिक्षण सामग्री, अनुभवी प्रशिक्षक र कडा अनुशासन नै यस संस्थाका विशेषता हुन् ।
सञ्चालकले आगामी दिनमा पनि यस्तै जोस र जाँगरका साथ काम गर्न टिमलाई आग्रह गर्दै, कर्मचारीहरूको भविष्य र वृत्तिविकासमा संस्था सधैं गम्भीर रहने कुरामा जोड दिए।
![]()
![]()
![]()
![]()