उपसचिवको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-05-28
  • 22:49:09
  • बिहिबार,जेठ १४, २०८३
  • उपसचिवको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    उपसचिवको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बिहिबार) लोक सेवा आयोगले एक सूचना जारी गदैृ उपसचिव पदको लिखित परीक्षामा १७ उम्मेदवार उर्तिण भएको जनाएको हो।

    आयोगले विज्ञापन नं १७१७९–०८२–८३ (आ.ज.), र विज्ञापन नं १७१७८–०८२–८३ (आ.प्र.), इञ्जि. सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो।

    यस्तै विज्ञापन नं १७१७७–०८२–८३ (आ.ज.), तथा विज्ञापन नं १७१७६–०८२–८३ (आ.प्र.), इञ्जि. सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।