नयाँ संसदमा सबैभन्दा पहिला बोल्ने अवसर एमालेले पायो - Chaitanya News
  • 2026-06-22
  • 04:39:23
  • आइतबार,आषाढ ०७, २०८३
  • नयाँ संसदमा सबैभन्दा पहिला बोल्ने अवसर एमालेले पायो

    नयाँ संसदमा सबैभन्दा पहिला बोल्ने अवसर एमालेले पायो

    काठमाडौँ– नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेले बोल्ने अवसर पाएको छ।

    बैठकको सुरुमै एमालेका सांसदहरुले आसनबाट उठेर बोल्न समय मागेसँगै सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले एमालेका सांसद गुरु बराललाई बोल्न समय दिए।

    त्यससँगै उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेकामा आपत्ति जनाए। एमाले प्रतिनिधि सभाको तेस्रो दल हो।