केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो - Chaitanya News
  • 2026-04-21
  • 12:54:52
  • मंगलबार,बैशाख ०८, २०८३
  • केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो

    केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो

    काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि अदालतमा बहस सकिएको छ।

    ओलीको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा भएको छ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको थियो।

    ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले आइतबार छुट्टाछुट्टै रिट निवेदन पेश गरेका थिए।

    भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ प्रतिवेदनको आधारमा ओली र लेखक दुवैलाई चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो।

    यसअघि, जिल्ला अदालत, काठमाडौँले दुवैलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।