काठमाडौँ– नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसाबले सशक्त रूपमा उभिने बताएकी छन्।
आज (सोमबार) महासंघको स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन्।
सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न समेत उनले आग्रह गरिन्। अहिले निर्वाचित सरकारले संविधान र कानुनसम्मतभन्दा पनि प्रतिशोधपूर्ण तरिकाले गतिविधि नगर्न सुझाव दिइन्।
उनले भनिन्, ‘कतिपय कानुनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानुन आउन लागेको छ। सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानुन ल्याउनु पर्छ।’