काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ। ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन्।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि विरोधपत्र बुझाउने निर्णय गरेको थियो।
ललितपुर र काठमाडौँमा नारा जुलुससहित प्रशासन कार्यालय पुगेर एमालेले विरोधपत्र बुझाएको थियो। सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए।