गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-06-27
  • 22:46:20
  • शनिबार,आषाढ १३, २०८३
  • गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय

    गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले दिएका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ।

    आज (शुक्रबार) बसेको प्रधानमन्त्री बालेन्द्र शाह९बालेन० नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको हो।

    आयोगले जेन जेड आन्दोलनका क्रममा भएका घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङसहित उच्च सरकारी अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।