काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बस्न लागेको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भरखरै बैठक सुरु भएको छ।
सरकार गठनपछिको पहिलो बैठक भएकाले यसले सरकारको कार्यदिशा निर्धारणसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।