कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा - Chaitanya News
  • 2026-04-22
  • 11:06:21
  • बुधबार,बैशाख ०९, २०८३
  • कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    काठमाडौं– गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ। पहिलो बैठकमा बिहीबार (आज( नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ।

    जसअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० लाई एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ।

    यी तीनवटै दलका सांसदहरू एउटै लहरमा राखिएको सिटमा बसेर बिहीबार शपथ ग्रहण गरे।

    शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ। उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ।