एकै दिन ट्राफिकले उठायो १२ लाख जरिवाना - Chaitanya News
  • 2026-04-23
  • 00:20:00
  • बुधबार,बैशाख ०९, २०८३
  • एकै दिन ट्राफिकले उठायो १२ लाख जरिवाना

    एकै दिन ट्राफिकले उठायो १२ लाख जरिवाना

    काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ।

    उपत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो। उनीहरुबाट १२ लाख ५ हजार ५१० रुपैयाँ बराबरको चिट तथा जरिवाना काटिएको छ।

    ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई ट्राफिकले चिट काट्दै आएको छ। जेनजी आन्दोलनपछि ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या बढेको ट्राफिकले बताएको छ।