देशभरको तापक्रम बढ्दै, कुन ठाउँको कति ? - Chaitanya News
  • 2026-04-23
  • 04:49:48
  • बुधबार,बैशाख ०९, २०८३
  • देशभरको तापक्रम बढ्दै, कुन ठाउँको कति ?

    देशभरको तापक्रम बढ्दै, कुन ठाउँको कति ?

    काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम बढ्दो क्रममा रहेको बताएको छ। देशका विभिन्न प्रमुख सहरहरूको तापक्रम पूर्वानुमान विवरण गर्दै महाशाखाले तापक्रम बढ्ने उल्लेख गरेको हो।

    आज (मंगलबार) विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संघीय राजधानी काठमाडौँमा आज दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस र रातीको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

    आज भैरहवा देशकै सबैभन्दा गर्मी सहर हुने देखिएको छ, जहाँ अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्छ। यस्तै नेपालगञ्ज र सिमरामा पनि अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

    जोमसोममा आज सबैभन्दा बढी चिसो हुनेछ, जहाँ रातीको तापक्रम शून्यदेखि २ डिग्री सेल्सियससम्म झर्ने अनुमान छ। यस्तै जिरीमा ३–५ डिग्री र जुम्लामा ४–६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहनेछ।