महिलाहरूबीच पारस्परिक समर्थन र सहकार्यको संस्कृति विकास गर्नुपर्छ : महान्यायाधिवक्ता भण्डारी - Chaitanya News
  • 2026-04-23
  • 11:50:21
  • बिहिबार,बैशाख १०, २०८३
  • महिलाहरूबीच पारस्परिक समर्थन र सहकार्यको संस्कृति विकास गर्नुपर्छ : महान्यायाधिवक्ता भण्डारी

    महिलाहरूबीच पारस्परिक समर्थन र सहकार्यको संस्कृति विकास गर्नुपर्छ : महान्यायाधिवक्ता भण्डारी

    काठमाडौँ– महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च तहका पदमा पुग्दा महिलाहरूबीच नै आलोचना हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसको सट्टा पारस्परिक समर्थन र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएकी छन्।

    आज (शुक्रबार) भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा वयक्त गरेकी हुन् । यस्तै उनले आगामी दिनमा न्याय क्षेत्रमा महिला नेतृत्व स्थापित हुने अपेक्षा समेत व्यक्त गरिन्। कार्यक्रममा उनले सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आगामी प्रधानन्यायाधीश हुनेमा आफू आशावादी रहेको बताइन्।

    उनका अनुसार कानून व्यवसायी महिलाहरूको भूमिका पेशागत दायित्वमा मात्र सीमित नभई सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण रहन्छ। महिला, बालबालिका, दलित, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायका अधिकार संरक्षणमा महिला कानून व्यवसायीको योगदान निर्णायक हुने उनको धारणा थियो।

    कार्यक्रममा उनले महिला सशक्तीकरण र नेतृत्व विकासका लागि आपसी समर्थन र सकारात्मक सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै समावेशी न्याय प्रणाली सुदृढ गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताइन्।